नेकपा (क्रान्तिकारी माओवादी) द्वारा एमसिसी विरुद्ध कोणसभा सम्पन्न

डेली न्युजराप्ती       २२ माघ २०७८ ०९:३१ मा प्रकाशित     342 No Comments


न्यूजराप्ती,माघ २१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओकादी ) दाङले पार्टीको केन्द्रीय योजना अनुसार दाङको तुलसीपुर बसपार्कमा कोणसभा सम्पन्न गरेको छ।
क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव दिल बहादुर कठायतले कार्यक्रम सञ्चालन गर्दै देश अहिले गम्भीर सङकटमा फसेको बताउदै दलालहरुले राष्ट्र राष्ट्रियता बन्धकि राखेर एमसिसी जस्तो राष्ट्रघाति सम्झौता सँसदबाट अनुमोदन गरेर साम्राज्यवादीहरुको बफादार पाले बन्न खोजेको हुदा स्वाभिमानी नेपाली जनताको जनदबाब सृजना गरेर दलालहरुलाई अमेरिकातिरै लखटनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गेैरेले देश अहिले सङकटमा रहेकाले सङकटबाट देशलाई मुक्त गर्न दलालहरुलाई समयमै ठेगान लगाउनुपर्ने , हप्तैपिच्छे जनताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मुल्यबृद्दि गर्ने , राष्ट्र राष्ट्रियताको बिरुद्ध असंलग्न परराष्ट्र विपरीत एमसिसी परियोजना सँसदबाट अनुमोदन गरेर अमेरिकी सेनाहरूलाई खुल्ला नेपालमा भित्र्याउने योजनामा नेपाली दलालहरु तम्सिएको बताए।
उनले एमसिसि परियोजनालाई सँसदबाट समयमै रोक्न नसके नेपालले पनि अफगानिस्तानको जस्तै अबस्था भोग्नुपर्ने दिन पर्खनुपर्ने समेत स्पष्ट पारेका थिए।अमेरिकीहरु रणनीतिक महत्त्वका क्षेत्रमा रहेको नेपाली भुमिमा रहेको महत्त्वपूर्ण खनिजपदार्थमा आँखा गाडेको भन्दै सम्पुर्ण नेपाली जनता एकजुट भएर आन्दोलनमा उत्रनुपर्ने बाध्यता आएको बताए। उनले अगाडि भने,” २०२० को दशकमा चिनियाँ जनताको बिरुद्धमा यी साम्राज्यवादी मुलुकले हाम्रो हिमाली जिल्लामा खम्पा बिद्रोहीलाई उस्काएर चिन र तिब्बतका बिरुद्धमा ठुलो बिद्रोह भएको थियो तर तत्कालीन सरकारले नेपाली सेना प्रयोग गरेर खम्पा बिद्रोह दमन गरि लखटेको इतिहास साँक्षी छ। एमसिसी बिकासे योजनाका नाममा अमेरिकी रक्षा मन्त्रालयले हिन्द प्रशान्त सैन्य रणनीति आइपिएसको अभिन्न अंग हो भनेरै बिज्ञप्ती निकालेको कुरा बिबिसी नेपाली सेवा मार्फत र उसको बिज्ञप्तीले प्रष्ट पारेको हुदा यो एमसिसी बिकासे नाममा घुमाउरो प्रक्रियाबाट अमेरिकी सेना नेपाल भित्र्याउने र चिन रुस कोरिया समेत घेर्ने र नेपाललाई रणभुमिमा रुपान्तरण गर्ने योजना अन्तर्गत यो परियोजना आएको हो।”
नेता गैरेले नेपाल आयल निगमले जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मुल्यबृद्दी गरेकाले मुल्यबृद्दी तत्काल फिर्ता लिन समेत आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार