उदयपुर: नेपाल कम्युनिस्ट पार्टी फुटाएर बनेको नेकपा बहुमतमा गएको एक नेता नेकपामै फर्किएका छन् ।
कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढ्न नसक्ने भन्दै उदयपुर जिल्ला कमिटी सदस्य त्रिताल नेपाली नेकपामा नै फर्किएका हुन् ।
एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालीले नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने सुन्दर र गर्भिलो अभियानमा लामबद्ध भएको बताएका छन् ।
‘विभिन्न खाले साम्राज्यवाद, दलाल पुँजिवादी सामाजिक फासीवादी षडयन्त्र र प्रतिबन्धको कालो राजनीतिक अवस्थालाई पार गरेर १३ जना वीर शहिदहरुको रगत हजारौँ गिरप्तार, जेल, नेललाई परास्त गरी ३ बुँदे सहमति गरेर हाम्रो जनपृय पार्टी यहाँसम्म आइपुगेको कुरा सर्वविदितै छ।’ उनले विज्ञप्तिमा भनेका छन् ।
`पछिल्लो समय कन्चन र सुदर्शन गुटले पार्टी र नेतृत्व विरुद्ध विभिन्न गैरराजनीतिक भ्रम, आरोप र गुटवाद गर्दै पार्टीको विरुद्ध लगाउँदै क्रान्तिबाट पलायन भइ कथित नेकपा बहुमत पुनर्गठन गरेको सन्दर्भमा मलाई विभिन्न खाले प्रलोभन साथै झुक्याएर बोलाई उदयपुरको जिल्लाको सदरमुकाम गाईघाटको डिर्मल्याण्ड होटल को जिल्लाको बैठकमा पुयाइयो ।’ उनले भनेका छन्, ‘त्यहाँ मैले कन्चन, सुदर्शन गुटले लिएको नीति, निर्णयले नेपालमा क्रान्ति अघि बढ्न नसक्ने र केवल कुण्ठा, इश्या र भ्रमको खेती मात्र रहेको पाएकोले म कन्चन र सदर्शन गुटले लिएको बाटोमा सरिक नरहेको स्पष्ट जानकारी गराउदछु ।’
साथै उनले आफू नेपाल कम्युनिष्ट पार्टी, एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने महान यात्रामा सदैव प्रतिबद्ध रही रहेको बताएका छन् । उनले उदयपुर जिल्लामा हुनुहुने अन्य इमानदार क्रान्तिकारी कमरेडहरुलाई कथित बहुमत नामको कन्चन र सुदर्शन गुटमा नलाग्न समेत यसै प्रेस विज्ञप्तीमार्फत अनुरोध गरेका छन् ।
प्रेस बिज्ञप्तिको पुरापाठ:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.