किन विवादमा परिरहन्छन शान्तिनगर-२ का अध्यक्ष वली?फेरि गरे शिक्षा अधिकृतमाथी हातपात!

डेली न्युजराप्ती       ८ असार २०८० ०७:१७ मा प्रकाशित     172 No Comments

दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सुनिल वलीलाई कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो ४ बजेतिर शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको आरोप लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले वडाध्यक्ष वलीमाथि कानुनी कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयसँग माग गर्नुभएको छ ।

खड्काका अनुसार वडाध्यक्ष वली शिक्षा शाखामा प्रवेश गरी सरकारको सशर्त बजेट अन्तर्गत जनकल्याण माध्यमिक विद्यालय सिमसुन्दरपुरमा कार्यान्वयन हुने पुस्तकालय स्थापना कार्यक्रमको फाइल माग्नुभएको थियो ।

वडाध्यक्षले सोही कुरामा विवाद झिकी आफैंले फाइल बोकेर प्रमुख प्रशासकीय अधिकृत खड्काको कार्यकक्षमा प्रवेश गर्नुभएको थियो ।

शिक्षा अधिकृत पाण्डेको समेत उपस्थितिमा छलफल चलिरहँदा र तर्कवितर्क भएपछि वडाध्यक्ष वलीले कार्यक्रमसँग सम्बन्धित सम्झौताको फाइल नै च्यातेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।

त्यसपछि वडाध्यक्ष वलीले सामुन्ने अगाडि बसेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताउनुभयो ।

घटनाबारे जानकारी लिन खोज्दा वडाध्यक्ष वलीको मोबाइलमा सम्पर्क हुन सकेको छैन् ।

गत फागुन महिनामा मात्रै वडाध्यक्ष वलीले गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि कार्यकक्षमै हातपातको प्रयास गरेको गाउँपालिकाले जनाएको छ । वडा अध्यक्ष वली स्वतन्त्रबाट निर्वाचित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार