पुर्वमा पनि रित्तिदै धर्मेन्द्र – सुदर्शन समूह , उदयपुरमा समुहका जिल्ला नेता नेकपामा समाहित!

डेली न्युजराप्ती       २२ चैत्र २०७९ १७:५७ मा प्रकाशित     149 No Comments

चैत २२ , दाङ । उदयपुरमा धर्मेन्द्र- सुदर्शन समुहले नेतृत्व गरेको नेकपा बहुमत परित्याग गरि एक जिल्ला नेता नेकपामा समाहित भएका छन् ।
त्रीयुगा नगरपालिका-१४ बस्ने अगम मगरले आज एक प्रेस बिज्ञप्ती जारी गरी विप्लव नेतृत्व गरेको नेकपामा समाहित भएको जानकारी दिएका हुन् ।

पार्टी परित्याग गरेको बिज्ञप्तिमा भनिएको छ – ‘नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जिल्ला कमिटी सदस्यमा रहेर केही समय काम गरे तर उक्त पार्टीको कार्ययोजना सहि नभएको , योजना बेगर नै आफ्नो मनोमानी तरिकासाथ लागेको , नेपाल कम्युनिस्ट पार्टी भन्दा कुनै दस्तावेज फरक नभएको र मलाइ उक्त पार्टीको कामप्रती चित्त नबुझेकाले नेकपा बहुमत परित्याग गरि बहुमतको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिदै पुनः नेपाल कम्युनिस्ट पार्टीमा फर्किएको बिज्ञप्ती मार्फत जानकारी गराउदै सम्पुर्ण साथिहरुलाइ नेपाल कम्युनिस्ट पार्टीमा फर्किन हार्दिक अनुरोध गर्दछु।’

प्रेस बिज्ञप्तिको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार