बैशाख २७ , तुलसीपुर । दाङमा नेपाल कम्युनिस्ट पार्टीप्रती युवाहरूको आकर्षण बढ्दो देखिएको छ ।
यतिबेला सो पार्टी निकट युवा संगठन नेपालमा संगठित हुने जुझारु , क्रान्तिकारी युवाहरुको संख्या बढिरहेको छ ।
बुधबार तुलसीपुर – ३ का युवाहरु युवा संगठन नेपालमा गोलबन्द भएका छन् । युवा संगठन नेपालले आज बुधबार तुलसीपुर – ३ मा एक भेलाको आयोजना गरि १९ सदस्यीय वडा कमिटी गठन गरेको छ । भेलाले डम्मर सीलाइ अध्यक्षमा चयन गर्दै उपाध्यक्षमा भुपेन्द्र सी ,सचिवमा अर्जुन सी , कोषाध्यक्षमा रोशन सीलाइ चयन गरिएको संगठनले जनाएको छ ।
यस्तै सदस्यहरुमा क्रमश रुपलाल सी , दिवस सी , वसन्त सी , विशाल सी , निराजन सी , हेमराज सी , दिपेन्द्र सी, बिनोद सी , धरम सी , नवीन सी , वसन्त सी , विकाश सी रहेका छन । ३ सदस्यहरु पछि थप गरिने संगठनले जनाएको छ ।
भेलामा नेकपा पश्चिम दाङका सचिव निर्मल सीको प्रमुख आतिथ्य रहेको थियो भने संगठनका केन्द्रीय सदस्य शुदर्शन सी , संगठनका तुलसीपुर उपमहानगर कमिटी सदस्य आकाश सीको समेत आतिथ्य रहेको थियो ।
युवा संगठन नेपालले संगठनको जिल्ला भेला छिट्टै गर्नेगरि संगठन सुदृढ तथा बिस्तार अभियानलाई अगाडि बढाइरहेको जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.