हेमन्तप्रकाश वली ।
कार्तिक ८,दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले आज देउखुरीमा सर्वपक्षीय भेटघाट गर्ने भएका छन् ।
आज बिहिवार महासचिव विप्लवले राप्ती गाउँपालिकामा सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
नेपाल कम्युनिस्ट पार्टी दाङले आयोजना गरेको ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास नयाँ नीति र नेतृत्व ’बिषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ ।
कार्यक्रममा उपस्थितिका लागि पार्टी जिल्लाका सम्पुर्ण राजनीतिक दल , मानवअधिकारकर्मी , नागरिक समाज , बुद्धिजीवी , समाजसेवी , पत्रकार एवम आम जनसमुदायलाई हार्दिक अपिल गरेको छ ।
पार्टीले आयोजना गरेको सर्वपक्षीय भेटघाटमा उपस्थित भइ पार्टीलाई महत्वपूर्ण सुझाव दिन पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले अनुरोध गरेका छन् ।
देश अत्यन्त संकटको भुमरीमा गोलचक्कर लगाइरहेको सन्दर्भमा अग्रगामी निकासको आवश्यकता गहिरोगरि बोध गरेको नेकपाको ठहर छ ।
नेकपाका महासचिव विप्लव हिजो नै सर्वपक्षीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न दाङ आइपुगेका हुन् ।
उनलाई गएराती राप्ती गाउँपालिका-२ का स्थानीय जनताले भव्य स्वागत समेत गरेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.