काठमाडौं-१६ का वडाअध्यक्ष रिजालको निधन

डेली न्युजराप्ती       २१ भाद्र २०८० १०:२० मा प्रकाशित     176 No Comments

काठमाडौं – काठमाडौं महानगरपालिकाका चर्चित वडाअध्यक्षको निधन भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको आज विहान निधन भएको हो ।

बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको महानगरपालिकाले जनाएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए ।

उनी नेपाली कांग्रेस काठमाडौं – ७ का क्षेत्रीय सभापति हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार