दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चालक गम्भीर घाइते भएका छन्।
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१० सौडिकुलामा गएराति मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार करिब ३० वर्षीय बेलबहादुर पुनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उक्त मोटरसाइकल चालक घोराही–१२ निवासी ४० वर्षीय धनबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार राति करिब पौने १० बजे घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा २ प ७२६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2026 शहिद महान स्मृति संचार गृह प्रा.ली.