अनेमसंघ क्रान्तिकारीद्वारा प्याउकला विकको निधनप्रति श्रद्वाञ्जली

डेली न्युजराप्ती       २ माघ २०७८ १८:५२ मा प्रकाशित     360 No Comments


दाङ। नेकपा निकट अनेमसंघ क्रान्तिकारीद्धारा कालिकोट माल्कोट बिथलडाँडामा प्रतिरोध संघर्षका क्रममा घाइते योद्धा प्याउकला विकको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संगठनकी अध्यक्ष बन्धु चन्दले आइतबार शोक वक्तव्य जारी गर्दै प्रतिरोध संघर्षमा उहाँले देखाउनु भएको साहस र वीरताको स्मरण र उच्च सम्मान व्यक्त गर्नुभएको छ । वक्तव्यमा महिला क्रान्तिकारी आन्दोलनको इतिहासमा प्रतिरोध संघर्षको उच्च नमुना भएको भन्दै कमरेड प्याउकला विकको परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गरिएको छ।
शोक वक्तव्यको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार