दाङ। अाज राति देखि परिरहेको बर्षातका कारण हिमपात हुने सम्भावना बढेको छ । अाज देशका अधिकांश स्थानहरुमा हल्का तथा हिमाली र पहाडका केही भागहरुमा हिमपातकाे सम्भावना सहित बर्षात बढ्ने माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका अधिकांश ठाउँमा बर्षा भईरहेकाे छ भने उच्च हिमाली भू-भागमा र काठमाडौ चन्द्रागिरीमा पनि हिमपात भइरहेकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाेले वर्षा र हिमपात एकैसाथ भइरहेकाेले देशभर अत्यधिक चिसाे बढेकाे छ । काठमाडौकाे तापक्रम ८-१२ डिग्री सेल्सियस मापन गरिएको छ । तर यहि अनुपातमा चिसाे बढदै गए न्युनतम ४ डिग्री सेल्सियस सम्म रहने छ । त्यसैगरी जुम्लाको तापक्रम आज ४-६ डिग्री सेल्सियस मापन गरिएकाे छ तर चिसाेकाे यहि अनुपातमा बढे -७ डिग्री सेल्सियस सम्म रहन सक्ने महाशाखाले जनाएको छ । देशभर चिसाे अत्यधिक बढदाे क्रममा रहेकाले सुरक्षित रहन समेत अपिल गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.