तुलसीपुर,१४ माघ । राप्ती राजमार्ग अन्तर्गत दाङ तुलसीपुर देखी सल्यान कपुरकोट सडकखण्ड दैनिक सात घण्टा सवारीआवगमन बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका अनुसार सल्यान कपुरकोट देखी चोरखोला सम्म सडक स्तरोन्नती गर्नका लागी माघ १६ गतेदेखी २५ गते सम्म दैनिक सवारी आवगमन बन्द गर्न लागीएको हो । यस अघि पनि पटकपटक सवारी आवगमन बन्द गरी सडक स्तरोन्नतीको काम भएकोमा फेरी समय थप गरी काम गर्नुपर्ने अवस्था भएको कार्यालयले जानकारी दिएको छ ।
निमित्त डिभिजन प्रमुख ईन्जिनियर रिकेश महर्जनले जिल्ला प्रशासन कार्यालय सल्यानलाई पत्राचार गर्दै सवारी आवगमन बन्द गर्नका लागी आबश्यक सहयोग गरीदिन आग्रह गर्नुभएको छ । उक्त सडकखण्ड दैनिक विहान ७ बजेदेखी ९ बजे सम्म र विहान एघार बजेदेखी दिउँसो ४ बजे सम्म सवारीआवगमनमा रोक लगाईएको छ । उक्त समय अवधीभर कपुरकोट पैयाखोरे बैकल्पिक सडकमार्ग प्रयोग गर्न सकिने जानकारी दिईएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.