कपुरकोट जिप दुर्घटना अपडेट : एउटै घरका सन्तानका ६ जनासहित मृतक आठ जनाकै सनाखत

डेली न्युजराप्ती       १२ आश्विन २०७९ ०८:२३ मा प्रकाशित     144 No Comments


दाङ, १२ असोज । सल्यानको कपुरकोटमा जिप दुर्घटनामा परी निधन भएका आठ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी एक महिला र सात जना पुरुषको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ जलवाङका जीतबहादुर बोहरा र सोहि ठाउँका ३७ वर्षिय धर्मा वली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।

यस्तै सोहि ठाउँकै ४० वर्षिय टोपबहादुर वली, उहाँको छोरा ११ वर्षिय बसन्त वली, सोहि ठाउँकै ३० वर्षिय सुरेश खत्री, ७० वर्षिय खुमलाल वलीको दुर्घटनामा परी निधन भएको छ ।

यस्तै कपुरकोट–६ जलवाङकै कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षिय ललित वलीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । शबलाई सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी एक जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो । गम्भिर घाइते हुनेमा कपुरकोट–६ जलबाङकै ३५ वर्षिय तिलक वली रहनुभएको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

नेपालगञ्जबाट सल्यानको कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा बिहान साढे तीनबजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट दुई सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार