एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल पराजित

डेली न्युजराप्ती       ११ चैत्र २०७८ २०:२२ मा प्रकाशित     341 No Comments


काठमाडौ, ११ चैत । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल, पपुवा न्युगिनी (पीएनजी) सँग पराजित भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले घरेलु टोली नेपाललाई ६ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको पाहुना टोली पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो । जवाफमा नेपालले ८ विकेटको क्षतिमा २ सय ८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहित पौडेलले सानदार ब्याटिङ गर्दै इतिहासकै सर्वाधिक धेरै रन बनाएपनि नेपालले जित हाँसिल गर्न सकेन । रोहितले कीर्तिमानी १ सय २६ रन बनाउँदे पहिलो एकदिवसीय शतक प्रहार गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार