नेकपा घोराही-१० को वडा सम्मेलन आयोजक समितिको संयोजकमा जीवन

डेली न्युजराप्ती       ७ श्रावण २०७९ २०:४१ मा प्रकाशित     301 No Comments


घोराही, ७ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर – १० को वडा सम्मेलन आयोजक समिति गठन भएको छ । पार्टीको आयोजनामा शनिबार सम्पन्न भएको बैठकले वडा सम्मेलनका लागि जीवन चौधरीको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो ।
पार्टीको केन्द्रीय ९ औं केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै दाङ पार्टीले वडा सम्मेलनको तयारी तीब्र पारेको छ ।

घोराही उपमहानगर – १० मा जीवनको अध्यक्षतामा एवं नेकपा घोराही उपमहानगरका इन्चार्ज निर्मलको प्रमुख आतिथ्यमा बसेको बैठकमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय सदस्य तथा पार्टी जिल्ला सदस्य अशोका, पार्टी डिसीएम किसन र तिलक, दाङ जिल्ला पार्टी सल्लाहकार मंगल चौधरी , युवा संगठन नेपाल दाङका जिल्ला सचिवालय सदस्य पदम, जिल्ला सदस्य शिशिरको उपस्थिति रहेको थियो ।

वडाको बैठकले सम्मेलन आयोजक समिति गठनसँगै विभिन्न महत्त्वपूर्ण निर्णय गरेको नेकपा घोराहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार