अरुले गफ गर्दागर्दै विप्लवले जाजरकोटका भुकम्प पीडित कले विकलाई घर बनाइदिए

डेली न्युजराप्ती       २७ कार्तिक २०८० ०७:३१ मा प्रकाशित     146 No Comments

जाजरकोट: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जाजरकोटको भुकम्प प्रभावित बस्ती नलगाडका भुकम्प पीडित एकल पुरुष कले विकलाई पार्टीद्वारा निर्माण गरिएको नवनिर्मित घर आइतबार विहान एक कार्यक्रमको बिच हस्तान्तरण गर्नुभएको छ । जाजरकोटको नलगाड नगरपालिका भुकम्प प्रभावित पालिका समेत हो, जुन पालिकामा ५४ जनाले ज्यान गुमाएका छन् भने सयौं घर भत्किएका छन् ।

शनिबार सोही चिउरी बस्तीबाट पार्टीको भुकम्प पुनर्निर्माण अभियानको उद्घाटन गर्नुभएका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले आइतबार स्थानीय जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, पार्टीका प्रतिनिधि र उपस्थिति नलगाडबासि जनसमुदायको बिच नवनिर्मित घर हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव विप्लवले भुकम्प पिडितका अफ्ट्यारोमा आफ्नो पार्टीसँगै रहेको बताउनुभयो । पार्टीको पुनर्निर्माण अभियानलाई जनताका समस्यासँग एकाकार गर्ने मुख्य उद्देश्य रहेको भन्दै अधिकतम जनताका अस्थायी आवास बनाउने उद्घोष समेत गर्नु भएको थियोे ।कार्यक्रममा गलगाड नगरपालिका वडा १ का वडा अध्यक्ष बल बहादुर विकले नेपाल कम्युनिस्ट पार्टीले गरेको उद्वार, उपचार तथा राहत साथै पुनर्निर्माणलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे ।भुकम्प गएको रातिदेखि नै पार्टीको पहल र सहयोगले हाम्रो नगरपालिकालाई धेरै सहयोग पुगेको बताउदै चिउरी बस्तीको सिङ्गो गाउँ अन्यत्र सार्न पहल गर्न समेत अनुरोध गर्नु भएको थियोे ।

पार्टीका जाजरकोट जिल्ला इन्चार्ज विराजनको अध्यक्षता आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् व्युरो इन्चार्ज संगम, केन्द्रीय सदस्य हिमशिखर, दिनेश लगायतको उपस्थिति रहेको थियोे ।यस्तै महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले पार्टीद्वारा संकलित राहत सामाग्री नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर १ का वडा अध्यक्षलाई समेत छुट्टाछुट्टै प्रदान गर्नु भएको छ ।महासचिव विप्लवले राहत सामग्री वितरण र सहयोगमा कुनै पक्षपात नगर्न समेत ध्यानाकर्षण गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार