नेमकिपा अध्यक्ष रोहितका जीवनसंगिनी शाेभाप्रति विप्लवद्वारा गहिरो शाेक व्यक्त

डेली न्युजराप्ती       ९ असार २०७९ १६:४३ मा प्रकाशित     150 No Comments

काठमाडौं: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) का जीवनसङ्गिनी शोभा प्रधानको उपचारका क्रममा भएको असामयिक निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले दु: ख व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लवले शाेक वक्तव्य जारी गर्दै आफ्नाे जीवनभरी नेपाली कम्युनिस्ट आन्दाेलन, शिक्षा एवम् महिला अधिकारको क्षेत्रमा विशिष्ट याेगदान गर्नुभएकी शाेभाको निधनप्रति गहिरो शाेक व्यक्त गरेका छन् ।
दिवगंत शोभाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महासचिव विप्लवले कमरेड रोहित लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यको पुरापाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार