असफलता नै सफलताको जननी हो यसको शिरोधारण गर्नेछु: भद्र बहादुर वली

डेली न्युजराप्ती       १८ पुष २०७८ १९:४९ मा प्रकाशित     794 No Comments


तुलसीपुर ,पौष १८,दाङ। तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पौष १७ गते सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वलीले मतदातालाई धन्यवाद दिएका छन।
९ दलिय संयुक्त प्यानलको तर्फबाट कोषाध्यक्ष पदका उम्मेदवार बनेका वलीलाई  निकटतम प्रतिद्वन्दी भोला प्रसाद थापाले १८२ मतले हराएका थिए।

आज सामाजिक संजालमा स्टाटस लेख्दै वलीले निर्वाचनमा मतदान गर्ने आम आमावुवा,दाजुभाइ तथा दिदिबहिनीहरुलाइ धन्यवाद ज्ञापन गरेका छन। उनले निर्वाचनमा पराजितको सन्दर्भ जोड्दै भनेका छन,”असफलता नै सफलताको जननी हो यसको शिरोधारण गर्नेछु”।

भद्र बहादुर वलीको स्टाटस यस्तो छ:-
आदरणीय उपभोक्ता आमा बुवा, दाजुभाई तथा दिदीबहीनीहरु ।
नमस्कार
यहि मिति २०७८ पुस १७ गते यस तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर दाङको भरखरै सम्पन्न निर्वाचनमा विषेश चासोका साथ उत्साहपुर्ण तरिकाले निर्वाचनमा सहभागी भई आफुले चाहेको उम्मेदवारलाई मतदान गरी आफैले चुन्ने लोकतान्त्रीक पद्धती अवलम्बन गरी मतदान प्रक्रियामा सहभागी हुनुभएकोमा म कोषाध्यक्षको उम्मेदवारको तर्फवाट विशेष ध्न्यवाद दिन चाहन्छु । यहाँहरुले म प्रति विश्वास गरी मतदान गर्नुभयो र मलाई जिताउनको लागि अनवरत प्रयास गर्नुभयो यसको लागि धेरै आभारी छु आदरणिय मतदाताज्यूहरुले म प्रति विश्वास गरी मतदान गरेर मलाई हौसला प्रदान गर्नुभएको छ यसले मलाई झन सामाजिक कार्यमा सरिक हुन प्रेरित गरेको छ । भनिन्छ असफलता नै सफलताको जननी हो यसको शिरोधारण गर्नेछु ।  मेरो निकटतम प्रतिद्वन्दी भोला प्रसाद थापाज्यूले मलाई १८२ मतले पछि पार्दै विजयी हुनु भएको छ म उहालाई बधाई दिदै कार्यकालको पुर्ण सफलताको कामना गर्दछु । निर्वाचीत हुने सम्पुर्ण पदाअधिकारी सहित ९ जनाको कार्यसमितिलाई बधाई दिदै यहाँहरुका हरेक राम्रा कामहरुमा रचनात्मक सहयोग हुने जानकारी गर्दै कार्यकालको पुर्ण सफलताको कामना गर्दछु । धन्यवाद
भद्र बहादुर ओली
९८५७८२५१४३

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार