जनआन्दोलन दिवसको अवसरमा चितवनमा आयोजित सभालाइ महासचिव विप्लवले सम्बोधन गर्ने

डेली न्युजराप्ती       २० चैत्र २०७८ १७:४५ मा प्रकाशित     596 No Comments


चैत्र २०,दाङ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले चैत्र २४ गते चितवनमा आयोजित भव्य सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ।

चैत्र २४ गते ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा नेकपा चितवनद्वारा भ्रष्टाचार,राष्ट्रघात,महंगी र राष्ट्रघाती एमसिसी सम्झौता विरुद्धमा आयोजित सभालाइ महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य एवम चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलले जानकारी दिएका छन।
गेष्ट हाउस चोक भरतपुर चितवनमा आयोजित कार्यक्रममा सामना परिवारद्वारा भव्य सांस्कृतिक कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ।
महासचिव विप्लवद्वारा सम्बोधन हुने कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाइ नेकपा चितवनले हार्दिक अपिल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार