नेकपाद्वारा पक्राउ पुर्जी विरुद्ध न्यायाधीशको पुत्ला दहन ,मसाल जुलुस सहितको संघर्ष घोषणा

डेली न्युजराप्ती       १९ मंसिर २०८० १४:४१ मा प्रकाशित     70 No Comments

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीले काठमाडौं जिल्ला अदालतद्धारा सोमबार पक्राउ पूर्जी सार्वजनिक गरिएको घटनालाई गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य भएको ठहर गर्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गरेको छ ।

नेकपाका महासचिव विप्लवले मंगलवार एक प्रेश विज्ञप्ति जारी गर्दै ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला भन्दै प्रतिरोधमा उत्रिन अपिल गरेका हुन ।

नेकपाले अदालतमा बसको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको घोर भत्र्सना गर्दै यस्ता वितण्डावादी कार्य रोक्न जोडदार माग गरेको छ । नेकपाले अदालतको गलत रवैयाका विरुद्ध मंसिर २१ गते सम्म संघर्षको कार्यक्रम समेत घोषणा गरेको छ ।नेकपाले पक्राउ पूर्जी विरुद्ध आज मंसिर १९ गते साँझ ५.३० बजे मशाल जुलुस गर्ने,मंसिर २० गते दिनको ३ बजे न्यायाधीशको पुत्ला दहन गर्ने र मंसिर २१ गते दिउसो २ बजे देशव्यापी जनप्रदर्शन गर्ने संघर्षको कार्यक्रम समेत घोषणा गरेको हो ।

नेकपाले जारी विज्ञप्तिमा काठमाण्डौं जिल्ला अदालतले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी, प्रवक्ता कमरेड प्रकाण्ड सी, पीवीएम कमरेड माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको उल्लेख गरेको छ ।नेकपाले विज्ञप्तिमा भनेको छ ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो । राज्यको जिम्मेवार निकाय अदालतमा बसको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्र्सना गर्दछ । साथै यस्ता वितण्डावादी कार्य रोक्न माग गर्दछ । ’

नेकपाले ३ बुँदे सहमतिलाई यथाशिघ्र कार्यन्वय गर्न माग पनि गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ ‘३ बुँदे सहमतिलाई यथासिघ्र लागु गर्न, मुद्दाहरु खारेज गर्न र बन्दी कमरेडहरु मुक्त गर्न सरकार गम्भीर बनोस भन्ने आग्रह गर्दछौं । त्यसैगरी यस्तो गैरकानूनी, अराजक, विध्वंसात्मक कार्यको प्रतिरोधमा उत्रिन पार्टी पंक्ति एवं न्यायप्रेमी जनतालाई अपिल गर्दछौं ।’

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार