दाङमा युवा संगठन नेपालको संयुक्त वडा भेला सम्पन्न, विभिन्न पार्टी परित्याग गरि १० जना नेकपामा प्रबेश

डेली न्युजराप्ती       २ कार्तिक २०७८ २०:५२ मा प्रकाशित     462 No Comments


हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत राप्ती गाउपालिका वडा नं. ३ र ४ को संयुक्त वडा भेला सम्पन्न भएको छ।
भेलाले लब जैसिको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ। नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियु(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष प्रकाश शाही,युवा संगठन नेपाल दाङका इन्चार्ज मनोज,नेकपा राप्ती गाउपालिका इन्चार्ज एकराज,दलित मुक्ती मोर्चा नेपाल दाङका अध्यक्ष सुरज,पार्टी जिल्ला कमिटी सदस्य भिम प्रकाशको आतिथ्य रहेको थियो। लब जैसिको अध्यक्षतामा भएको भेलाको सहजीकरण धनिरामले गरेका हुन।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा संगठनको दोश्रो भेला सम्पन्न भएको जनाइएको छ। युवा संगठन नेपाल दाङका अध्यक्ष तुलसीको प्रमुख आतिथ्यमा भएको भेलाको अध्यक्षता ज्वालाले गरेका थिए भने भेलाको सहजीकरण संगठनका जिल्ला सचिवालय सदस्य गणेशले गरेका हुन।

विभिन्न पार्टी परित्याग गरि नेकपा प्रबेश
राप्ती गाउपालिकामा विभिन्न संसदवादी पार्टी परित्याग गरि १० जनाले नेकपा प्रबेश गरेका छन।युवा संगठन नेपाल राप्ती गाउपालिका वडा नं. ३ र ४ को सोही संयुक्त भेला कार्यक्रममा पार्टी प्रबेश गराइएको नेकपाले जनाएको छ। पार्टी प्रबेश गर्नेहरुमा गंगु चौधरी,खिम बहादुर परियार,कमल चौधरी,लालमणि कुवर,सुरबिर परियार,रमेश घर्ती,बेल बहादुर घर्ती,दावा शेर्पा र लाल बहादुर घर्ती लगाएतका रहेका छन। पार्टी प्रबेश गरेका उनिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि लगाएत अन्य अतिथीहरुले रातो अबिर सहित स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार