लमहीमा राष्ट्रपति रनिङ शिल्ड २०७८ सुरु

डेली न्युजराप्ती       २६ पुष २०७८ ०७:३६ मा प्रकाशित     345 No Comments


दाङ, २६ पुस । दाङको लमही नगरपालिका स्तरीय चौथो रास्ट्रपति रनिङ शिल्ड २०७८ आइतबार लमही १ नर्तिको श्री सुर्य बिनायक मा.वि. मा सुरु भएको छ ।

प्रत्येक बर्ष लमही नगरपालिकाले छुट्टाएको बजेटमा नगरपालिका भित्रका २० विभिन्न विद्यालयको सहभागि हुने गरि उक्त प्रतियोगिता नगर भित्रको एक विद्यालयले आयोजना गर्ने गर्दछ ।
प्रतियोगितामा आधारभुत विद्यालय र माध्यमिक विद्यालयका छुट्टाछुट्टै प्रतियोगि हुन्छन । आवि तर्फ ८ कक्षा र उमेर १४ बर्ष नकटेका र मावि तर्फ १२ कक्षा र १८ वर्ष नकटेका खेलाडीहरुले सहभागी जनाउने गर्दछन ।
प्रतियोगितामा एथलेटिक्सका १०० मिटर दौड, २०० मिटर दौड , ४००मिटर दौड, ८०० मिटर दौड, ४*४०० मिटर दौड र ३२०० मिटर दौड रहेको छ भने ग्रुप गेम अन्तर्गत कबर्डि र भलिबल खेल रहेका छन् । यि सबै खेल मावि तर्फका दुबै छात्र र छात्राका लागि हुनेछ भने आवि तर्फका छात्र छात्राका लागि एथलेटिक्सका १००, २००, ४०० मिटरका दौड तथा कबर्डि खेल हुनेछन। तेस्तै मार्च पास्ट सलामीमा उत्कृष्ट हुने र प्रतियोगिता भरि अनुसाशित खेल्ने एक-एक विद्यालयका टिम लाई गोल्ड मेडल दिइनेछ ।
प्रतियोगितामा प्रथमलाई गोल्ड, द्वितीयलाई सिल्भर र तृतीयलाई ब्रोन्ज मेडल सहित प्रमाणपत्रले पुरस्कृत गरिने छ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लमहि नगरपालिका मेयर कुल बहादुर केसि, उपमेयर देवका बेल्बासे र लमहि नगर विद्यालय प्रशासन प्रमुख रबिन्द्र क्षेत्रीले कलशमा दियो बालेर गर्नुभएको थियो । विद्यालय प्रअ बिष्णु प्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता विद्यालय ब्यबस्थापन समिति अध्यक्ष शोभा घिमिरेले गर्नुभएको हो भने कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक हरि रिजालले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार