नगर स्तरीय युवा सन्जालको अध्यक्षमा भण्डारी चयन

डेली न्युजराप्ती       ४ चैत्र २०७८ १०:४० मा प्रकाशित     451 No Comments


तुलसिपुर २ चैत । तुलसिपुर उपमहानगर पालिका स्तरीय युवा सन्जालको अध्यक्षमा गणेश भण्डारी चयन हुनुभएको छ । बुधबार नगर स्तरीय युवाहरुको भेलाले भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा डिलिराज भण्डारी , सचिवमा प्ररेणा परीयार , कोषाध्यक्षमा जागृति भण्डारी लाई चयन गरीभएको छ । त्यस्तै सदस्यमा शान्ता चौधरी , कबि सेन ठकुरी ,पुजा बिक , रबिना बिक , सुरेश भण्डारी , रबिन कालाथोकि , अनत्व प्रसाद भण्डारी गरी रहनु भएको छ ।

यसैबिच सन्जालको अध्यक्ष गणेश भण्डारीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ । उक्त बैठकमा जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत , शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख चक्र भण्डारी , बम बहादुर पुन मगर, मन बहादुर खडका , मदन कृष्ण देवकोटा लगायतको आथित्यता रहएको थियो । अब देखि सन्जालको बैठक नियमित बस्ने निर्णय गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार