अमृतपुर खानेपानी निर्वाचन: दुई समूह मतदानको अपिल सहित उपभोक्ताको घरदैलोमा

डेली न्युजराप्ती       २६ फाल्गुन २०७८ १७:३१ मा प्रकाशित     546 No Comments


तुलसीपुर, २६फागुन । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागी आउदो शनिवार निर्वाचन हुन लागेको छ । संस्थाको नेतृत्वका लागी दुई समुह चुनावी मैदानमा रहेका छन्। अध्यक्षमा सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल(संगित) र लोकतान्त्रिक सयुक्त प्यानलको तर्फबाट चन्द्रकान्त खरेलको समुह चुनावी मैदानमा रहेको छ ।

बस्याल नेतृत्व संयुक्त प्यानललाई नेकपा एमाले, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगाएतको राजनितिक दलको सर्मथन रहेको छ भने खरेल नेतृत्व प्यानललाई नेपाली कांग्रेस, माओवादी केन्द्र लगाएतको दलको समर्थन रहेको छ । बस्यालको प्यानलबाट उपाध्यक्षमा बिजय कुमार मल्ल, सचिबमा रुप बहादुर खत्री,कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे, सह–सचिबमा रक्षा काफले खडका अनु, सदस्यहरु कान्त प्रसाद खरेल, गंगाधर गैरे, महिला सदस्य तर्फ सिता कुमारी केसी,भिमा खडका रहेका छन ।
त्यसैगरी संयुक्त प्यानल खरेलको प्यानलबाट उपाध्यक्षमा केशबराज सापकोटा, सचिवमा दशरथ वली, कोषाध्यक्षमा केशब बहादुर वलि, सहसचिवमा कमला कुमारी अधिकारी, सदस्यहरुमा नरबहादुर वलि, लाल बहादुर वलि,अमृता शर्मा न्युरे र सबिता ओली रहेका छन । यस्तैगरी महिला सदस्यमा देवी कुमारी वलीको एक उमेदवारी परेको छ । उम्मेदवारहरुलाई चुनाव चिन्ह पनि प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ । खानेपानी संस्थाका तुलसीपुर ३, ८ र ९ का उपभोक्ताहरु रहेका छन्।
कुल ३१४५ उपभोक्ताहरु रहेको खानेपानी संस्थाको आउदो शनिबार हुने निर्वाचनमा मतदानको अपिल सहित दुबै समुहका उम्मेदवारहरु उपभोक्ताहरुको घरदैलो पुगि आफ्नो पक्षमा मतदानको अपिल गरिरहेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार