नेकपाले दल्यो जनप्रतिनिधिलाई कालोमोसो,यस्तो छ कारण

डेली न्युजराप्ती       १२ श्रावण २०७८ १८:१० मा प्रकाशित     1603 No Comments


हेमन्त वली श्रावन-१२,दाङ। नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्लाका एक जनप्रतिनिधिलाई कालोमोसो दलेर जनकारबाही गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी सानोभेरी गाउँ समितीका सेक्रेटरी शिव बिकले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै सानोभेरी गाउपालिका-८ का वडा अध्यक्ष शशिराम बुढाथोकीलाई कालोमोसो दलेर कार्वाही गरेको बताएका छन।
बिज्ञप्तिमा छहरेपानी तल्लो आमडारा सिचाइ आयोजना उपभोक्ता समितीबाट रु.३०००००I-(तीन लाख)भ्रष्टाचार गरेको स्थानीयको उजुरी पश्चात् सो बिसयमा गहन अध्ययन अनुसन्धान गर्दा निज बुढाथोकीले भ्रष्टाचार गरेको पुष्ठि भएकोले पार्टीले कालोमोसो र जुत्ताको माला लगाइ जनकारबाही गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

बिज्ञप्तिमा भ्रष्टाचार गरेको रकम तुरुन्त उपभोक्ता समितीलाई फिर्ता गर्न चेतावनी मुलक निर्देशन दिइएको छ भने उक्त रकम समितीलाई फिर्ता नगरे र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने बताइएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-
दलाल संसदीय व्यवस्थाको दुष्चक्र, यस्का दुष्प्रभाव र कतिथ जनप्रतिनिधि भनिनेहरुका असारे तथा डोजरे बिकाश मोहले कथित बिकास निर्माणका नाममा बिकृती, विसंगति, बेतिथी, विनाश, र भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको छ। रुकुमका जनप्रतिनिधि भनिने हरुका पछिल्ला क्रियाकलाप त झन मैमत्त साढे भन्दा कुनै हिसाबमा कम छैनन् भन्ने कुरा रुकुमका राजनैतिक परिदृष्यमा दिनको घाम जति कै छर्लङ्ग छ । फरक बिचार र आस्था प्रती निषेधात्मक प्रतिशोधि अराजनैतिक दुर्व्यवहार गर्नु, सबै जसो बिकास निर्माणका कामहरु आफ्नै कार्यकर्ता तथा नलनाताको नेतृत्व र सहभातिमा गर्नु गराउनु, विभिन्न शिर्षक उपशिर्षकमा रकम-कलम हिनामिना गर्नु हालका दिनचर्या नै हुन।

यसै सन्दर्भमा सानिभेरी गाउपालिका वडा:- ०८ का वडा अध्यक्ष सशिराम बुढाथोकीले छहरेपानी तल्लो आमडाँरा सिचाइ आयोजना उपभोक्त समिति बाट ३,००,०००/- (तीन लाख) भ्रष्टाचार गरेको स्थानीयको उजुरी पश्चात सो बिषयमा मिहिन अध्यन अनुसन्धान गर्दा निज बुढाथोकीले भ्रस्टाचार गरेको पुष्टि हुन आएकोले हाम्रो पार्टी निज बुढाथोकीलाई कालो मोसो र जुता माला लगाइ जनकारबाही गरिएको छ। निज बुढाथोकीलाई उक्त रकम तुरुन्त उपभोक्ता समितीलाई फिर्ता गर्न यसै विज्ञप्ति मार्फत चेतावनी मुलक निर्देशन गर्दछौ। उक्त रकम समितीलाई फिर्ता नगरे र यस्तै हर्कत जारी राखे थप कार्वाही गर्न बाध्य हुने व्यहोरा पनि सुचित गराउदछौ।

क्रान्तिकारी अभिवादन सहित !!!
शिव वि.क
सेक्रटरी
सानिभेरी गाउँ समिती रुकुम ( पश्चिम रुकुम)

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार