नेकपा एस निकट युवा संघ दाङको अध्यक्षमा हरिश

डेली न्युजराप्ती       २६ पुष २०७८ ०७:२१ मा प्रकाशित     347 No Comments


दाङ। नेकपा एकीकृत समाजवादी निकट युवा संघ दाङको अध्यक्षमा हरिश गिरी निर्वाचित भएका छ्न।

तुलसीपुरमा भएको जिल्ला भेलाबाट उनि अध्यक्षमा निर्वाचित भएका हुन।
भेलाले उपाध्यक्षहरुमा महेश नेपाली, जीतबहादुर ओली, मुकेश परियार, बिमला बिक, साजिद मियाँ र अरुण मगर मगरलाई निर्वाचित गरेको छ । सचिव बैठकबाट टुंग्याइने छ भने सहसचिवमा आनन्द बुढाथोकी र जावेद अख्तर निर्वाचित भएका छन।
त्यस्तै कोषाध्यक्षमा शिशिर पुन निर्वाचित भए भने जिल्ला कार्यसमित ७७ सदस्यीय चयन गरिएको छ।

उपाध्यक्ष जविन रानाको अध्यक्षता तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीको प्रमुख आतिथ्यमा भएको भेलालाई पार्टी केन्द्रीय सदस्य हिराचन्द्र केसी, युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, कोषाध्यक्ष विकास दुवाडीलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार