जन्मदिनको अवसरमा रिजालद्वारा बिद्यार्थीलाई पाठ्यसामग्री तथा फलफुल वितरण

डेली न्युजराप्ती       १५ चैत्र २०७८ ०९:१० मा प्रकाशित     776 No Comments


न्युजराप्ती अनलाइन। चैत्र १५,लमही। जन्मदिनको अवसरमा दाङमा बिद्यार्थी नेता खुम रिजालले बिद्यार्थीलाई पाठ्यसामाग्री तथा फलफुल वितरण गरेका छन।
विप्लव निकट अखिल(क्रान्तिकारी) दाङका सदस्य रिजालले सोमबार आफ्नो जन्मदिनको अवसरमा दाङ जिल्लाको घोराही बाल मन्दिर चोकमा अवस्थित बाल मन्दिर आधारभूत विद्यालयका विशेष क्षमता भएका २२ जना बिद्यार्थीहरुलाइ बिबिध पाठ्यसामग्री कापी,कलम, डायरी र फलफूल वितरण गरेका हुन।
जन्मदिनमा फजुल खर्च गर्ने संस्कारभन्दा भिन्न गर्न खोजेको रिजाले बताएका छ्न। उनले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा आफुले बिशेष क्षमता भएका बिद्यार्थीहरुलाइ सक्दो सहयोग गरेर मनाएको न्युजराप्तिलाइ बताए।

जन्मदिनको अवसरमा पाठ्यसामग्री तथा फलफुल वितरण कार्यक्रममा रोल्पाली विद्यार्थी मञ्च दाङका अध्यक्ष दिपक के सी,बिधालयका शिक्षक-शिक्षिका लगाएत उनका आफ्ना साथिहरुको उपस्थिति रहेको थियो।
नयाँ सोच, नयाँ विचारका साथ अगाडी बढ्दै समाज मा चल्ने हरेक संस्कार संस्कृतिहरुलाई फजुल खर्च गरेर भन्दा सामाजिक काम गरेर मनाउनु पर्ने रिजालको भनाइ थियो।
उनी दाङ जिल्लामा अध्ययनरत बिद्यार्थीहरुको साझा संस्था रोल्पाली विद्यार्थी मञ्च दाङको सचिव,शान्ति समृद्धि युवा समुह परिवर्तन ३ को सचिव तथा लालिगुराँस युवा क्लव रोल्पाको सदस्य समेत हुन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार