असार २ , तुलसीपुर । पश्चिम दाङको खैरेनीमा सफारी जिप दुर्घटना भएको छ ।
हिजो शुक्रबार शान्तिनगरको खैरेनीमा मे १ ज ३३६ नम्बरको सफारी जिप ब्रेक फेल भएर पल्टिँदा जिपमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे डेलिन्युजराप्तीसंग कुरा गर्दै प्रहरी जवान सुवाससिंहले भने – ‘चालकले मापसे गरेका रहेछन् । दुर्घटनामा ३ जना घाइते भएका छन् । घाइते ३ जनालाइ राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट रिफर गरि घोराहीमा उपचारका लागि लगिएको छ । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको छ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.