हेमन्त प्रकाश वली ।
बैशाख १६ , तुलसीपुर ।
तुलसीपुर नगर जेसिजले आयोजना गरेको अन्तर बिधालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा राप्ती बाल एकेडेमी प्रथम हुन सफल भएको छ ।
आइतबार तुलसीपुरको ग्रेट अरनिको मावीमा आयोजित प्रतियोगितामा तुलसीपुर – ६ बरुवागाउँमा अवस्थित राप्ती बाल एकेडेमीले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगितामा द्वितीय स्थान तुलसीपुरको अमर स्कुल कालाखोला र तृतीय स्थान तुलसीपुरको गोरखा उच्च माध्यमिक बिधालयले हासिल गर्न सफल भएका हुन् ।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालय गरी १९ वटा विद्यालयबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रम तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी पूर्ण विक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
विशिष्ट अतिथिको रुपमा प्याव्सन तुलसीपुर नगर समितिका अध्यक्ष गिरिराज डाँगी तथा एन प्याप्सन तुल्सपुर नगर समितिका अध्यक्ष सुमन केसि रहनुभएको थियो ।
कार्यक्रममा ग्रेट अरनीको मावि तुलसीपुरका प्राचार्य विष्णुप्रसाद देवकोटा लगायत विभिन्न विद्यालयबाट प्राचार्य तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
सहभागी मध्य प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो । प्रतियोगितामा सहभागी हुने विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र पनि प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक तुलसीपुर नगर जेसी वर्ष २०२४ का शिक्षा संयोजक जेसी राजेश कुमार महर्जन रहेको कार्यक्रममा कार्यक्रम सञ्चालन जेसिज वर्ष २०२४ का महासचिव कमल प्रकाश शर्माले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.