भदौ ३१ , तुलसीपुर । यहि असोज १३ गते हुने दाङ जिल्ला उद्याेेग बाणिज्य संघको निर्बाचनमा नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपाका दुई व्यवसायीले खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
बाणिज्य संघको निर्वाचनमा नेकपाका रण विक्रम चन्द र रेवन्त कुमार श्रेष्ठले खुल्ला सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । चन्द र श्रेष्ठलाई राप्रपा र नेकपा मशालको समर्थन रहेको छ ।
दाङ जिल्ला उधोग बाणिज्य संघको आसन्न असोज १३ गतेको निर्वाचनमा नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा , नेकपा एमाले , राप्रपा र नेकपा मशालबिच सहकार्य भएको छ ।
निर्वाचनमा संयुक्त प्यानलबाट नेकपा एमालेबाट संघका बर्तमान उपाध्यक्ष रामप्रसाद पोखरेलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन ।
पोखरेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्याेेग उपाध्यक्षमा धुर्ब गहतराज, बाणिज्य उपाध्यक्षमा राज राना, महासचीबमा शालिकराम खनाल, सचिबमा भिमसेन डिसि, कोषाध्यक्षमा प्रेम बुढाले उम्मेद्वारी दर्ता गराएका छन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.