नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक सुरु

डेली न्युजराप्ती       १४ जेष्ठ २०८० १०:५४ मा प्रकाशित     138 No Comments

दाङ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक घोराहीमा सुरु भएको छ ।

आइतबार बिहानदेखि घोराहीमा सुरु भएको बैठकमा नेकपा राप्ती ब्युरो अन्तर्गतका सबै जिल्लाका ब्युरो मातहतका नेताहरुको सहभागीता रहेको छ ।

भर्खरै कपिलवस्तुमा सम्पन्न पार्टीको केन्द्रिय समितिको एकताको बिशेष बैठक सम्पन्न भएलगत्तै ब्युरोको बैठक सुरु भएको नेकपा राप्ती ब्युरो कार्यालयले जनाएको छ ।ब्युरो बैठक सकिएपछी सबै जिल्लाका बैठकहरु बस्नेपनि नेकपाले जनाएको छ ।

यस्तै नेकपा दाङको संयुक्त जिल्ला बैठक भोलि घोराहीमा बस्ने पनि सो पार्टीले जनाएको छ । नेकपाको भर्खरै कपिलवस्तुमा सम्पन्न बैठकले देशको संकटग्रस्त अवस्थालाई निकास दिन समाजवादी मोर्चा बनाएर अघि बढ्ने निर्णय समेत गरेको जनाइएको छ ।

यस्तै नेकपाले विभिन्न पार्टीसंग छलफल एवम संवादका लागि पार्टीका स्थायी कमिटी सदस्य क.सुशील सीको नेतृत्वमा राजनीतिक संवाद समिती समेत गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार