फागुन ४, तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीसहित पाँच पार्टी र एक मोर्चाको आह्वानमा आज बुधबार शक्तिशाली र जुझारु नेपाल बन्दको कार्यक्रमबाट दाङमा २ नेता पक्राउ परेको जानकारी प्राप्त भएको छ।
दाङको भालुबाङबाट नेकपा ( क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) दाङका जिल्ला अध्यक्ष मनोज थापा र नेकपा निकट थारु मुक्ती मोर्चाका जिल्ला सदस्य अशोक चौधरीलाई प्रहरीले गिरफ्तार गरेको हो।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.