दाङमा नेपाल बन्द सानदार ढंगले सम्पन्न, विभिन्न ठाउमा कोणसभा

डेली न्युजराप्ती       १६ फाल्गुन २०७८ १८:४५ मा प्रकाशित     453 No Comments


हेमन्त प्रकाश वली, फागुन १६, घोराही। राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज फागुन १६ गते घोषणा गरेको सशक्त नेपाल बन्दको दाङमा पुर्ण प्रभाव परेको छ।
बिहानैदेखि दाङमा छोटो तथा लामो दुरिका सवारी साधनहरु,उधोगधन्दा,कलकारखाना,शिक्षण संस्था,व्यापार,व्यवसाय पुर्ण रुपमा ठप्प भएका छन। सडकमा बन्दकर्ताको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिति रहेको छ। दाङमा बन्द शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ।

गएराती अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछी विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीतिक दल र २ मोर्चाले आज शसक्त नेपाल बन्दको घोषणा गरेका हुन। राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध विप्लव नेकपा सहित ८ दलिय मोर्चा निरन्तर संघर्षमा छ।
दाङका विभिन्न ठाउमा कोणसभा
दाङमा नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज फागुन १६ गते घोषणा गरेको सशक्त नेपाल बन्द पस्चात कोणसभा मार्फत बन्द खुलेको जानकारी गराइएको हो। दाङका विभिन्न मुख्य सहरहरू घोराही,तुलसीपुर,लमही,भालुबाङ,राजपुर,गढवा,हापुरे लगाएतका विभिन्न ठाउमा कोणसभाहरु आयोजना गरिएको थियो। दाङको तुलसीपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले जनताले इतिहासमा हारेको इतिहास नभएको बताउनुभएको थियो। नेता शितलले राष्ट्रघाती दलालहरुले सदनबाट एमसिसी सम्झौता अनुमोदन गरेपनी सडकबाट कुनैपनी हालतमा लागू हुन नदिने जिकिर गर्नुभएको थियो। उहाले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्ने प्रचण्ड,शेर बहादुर,माधव नेपाल लगाएतका नेतालाइ अपराधी समेत घोषणा गर्नुभएको थियो। नेता शितलले अमेरिकी सहयोग परियोजनाको नाममा आएको अमेरिकी सैन्य रणनीति नेपालमा लागू हुन नदिने समेत बताउनुभयो। सडकमा जनताको व्यापक जनदबाबका बाबजुद संसदभवनलाई तारबार गरेर सेना प्रहरीको घेरा भित्र रहि राष्ट्रघाती दलालहरुले रातारात एमसिसी पारित गरेर इतिहासमै भयंकर राष्ट्रघात गरेको नेता शितलको भनाइ थियो।
कोणसभालाइ सम्बोधन नेकपा( क्रान्तिकारी माओवादी) का प्रदेश कमिटी सदस्य इश्वरी गैरे र नेकपा ( मशाल) दाङका प्रवक्ता भरत भण्डारीले गर्नुभएको थियो भने सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य राजकुमार क्षत्रीले गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार