नेपाल १० वर्षपछि क्रीकेट बिश्वकपमा छनोट, बिश्वकप खेल्ने सपना भयो पुरा 

डेली न्युजराप्ती       १७ कार्तिक २०८० १६:२१ मा प्रकाशित     74 No Comments

नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ। नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो । 

शुक्रबार काठमाडौंको मूलपानी मैदानमा युएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।  

आजको खेलमा युएईविरुद्ध जितको लागि १३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १  ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।

नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।

दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । 

युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनै पनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार