नेकपाका जनबर्गीय संगठनद्वारा नेता बीरजङ्गप्रति संयुक्त वक्तब्यमार्फत दु:ख व्यक्त

डेली न्युजराप्ती       २९ आश्विन २०७८ १९:२१ मा प्रकाशित     469 No Comments

१२ संगठनद्वारा संयुक्त बक्तब्य जारी दाङ। नेकपा केन्द्रीय सदस्य बीरजङको निधनप्रति नेकपा १२ वटा जनबर्गीय संगठनले संयुक्त बक्तब्य जारी गर्दै दुख ब्यक्त गरेका छन् । अखिल नेपाल भूमिहिन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल (क्रान्तिकारी), अनेमसंघ क्रान्तिकारी, युवा संगठन नेपाल,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, लगायत संगठन रह्र्छन् । संयुक्त बक्तब्य यस्तो छ- “जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य क. चन्द्र वहादुर चन्द (वीरजंग ) को उपचारको क्रममा दिल्ली स्थित म्याक्स अस्पतालमा हिजो वेलुका ९ः०० बजे ६१ बर्षको उमेरमा दुखद निधन हुन पुग्यो ।
२०१६ साल फाल्गुण ७ गते रोल्पा जिल्ला इरिवाङ–६ मा जन्मिनुभएका क. वीरजंग विद्यार्थी कालमा पंचायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुदैँ, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेकपा (एकताकेन्द्र), नेकपा (माओवादी), १० बर्षको महान जनयुद्ध, ०६२/६३ पछि माओवादी पार्टी नेतृत्वमा आएको विचलनताका विरुद्ध दुईलाईन संघर्ष र हाम्रो पार्टी निमार्ण एवं एकीकृत जनक्रान्तिमा ऐतिहासिक, जुझारु र शाहसिक भुमिका निर्वाह गर्दै आउनु भएको थियो । हाम्रो पार्टीका नेता क. वीरजंगको असामहिक निधनले जनता र राष्ट्रको मुक्ति आन्दोलनलाई अपुरणीय क्षति पुगेकोे छ । सर्वप्रथम क. विरजंग प्रति ससम्मान भावपुर्ण श्रदणन्जली अर्पण गर्दछौँ । सहयोद्धा तथा दाईको निधनले शोकमग्न हाम्रो पार्टी महासचिव क. विप्लव लगायत सम्पुर्ण परिवारजन तथा आफन्तहरु, सिङ्गो पार्टीपंति र आम नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गर्दछौ । हामी उहाँले गरेको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने र उहाँको सपनालाई एकीकृत जनक्रान्ति मार्फत पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ ।”
२०७८ असोज २९

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार