पाल्पामा बस दुर्घटना ६ को मृत्यु , १८ घाइते

डेली न्युजराप्ती       २२ पुष २०७९ ०८:५७ मा प्रकाशित     194 No Comments

पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु १८ जना घाइते भएका छन । रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने गइरहेको उक्त बस गन्तव्य पुग्नै लाग्दा बुढीदमार भन्ने स्थानमा दुर्घटना भएको त्यहाँका वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

वडाध्यक्ष रानाका अनुसार बस दुर्घटना भएको ठाउँ रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्छ।
बस सडकबाट ५० मिटर तल भिरमा खसेको र रातको समय जंगल क्षेत्रमा दुर्घटना भएकाले समयमा उद्धार हुन नसकेको उनले बताए।

‘म घटनास्थलमै छु। अहिलेसम्म ६ जनाको ज्यान गएको छ। मृतकहरू सबै खुर्सानेकै हुन्,’ उनले भने, ‘घाइतेहरूलाई उपचारका लागि बुटवल पठाइएको छ। गाडीमा अझै ६ जना च्यापिएको अवस्थामा छन्। हामी उनीहरूलाई उद्धार गर्न खोजिरहेका छौं।’

मृतक र घाइतेहरू खुर्सानेकै भए पनि परिचय भने खुल्न नसकेको उनले बताए।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक श्रीराम भट्टका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा परि १८ जना घाइतेको उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार