अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) राप्ति गाउपालिकाको अध्यक्षमा राज

डेली न्युजराप्ती       १४ पुष २०७८ ०८:१३ मा प्रकाशित     492 No Comments


श्रवण कुमार यादव, देउखुरी१३ पुष। दाङको राप्ती गाउँपलिकामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) भेला सम्पन्न भएको छ।

मंगलबार सम्पन्न भेलाले राज बिकको अध्यक्षतामा १० सदस्यीय गाउपालिका कमिटी चयन गरेको हो।

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) केन्द्रिय सदस्य केशव थापाको प्रमुख आतिथ्य, महासंघका केन्द्रिय सदस्य नन्दु वलि,नेकपा राप्ती गाउपालिका इन्चार्ज बिजय वली,नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य तथा राप्ती गाउँपालिका वडा ५ का इन्चार्ज आदित थापा, युवा संगठन नेपाल दाङका सह-सचीव अजय दुलाल लगाएतको आतिथ्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य केशव थापाले गाउँपालिकामा कृषि र कृषकका समस्या तथा त्यसको समाधानमा महासंघले खेल्नुपर्ने भूमिकाको बारेमा धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार