महासचिव विप्लवको प्रस्ताव केन्द्रीय प्रतिनिधि समितीद्वारा पनि सर्वसम्मत पारित

डेली न्युजराप्ती       ७ पुष २०८१ ०८:०७ मा प्रकाशित     277 No Comments

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीकाे केन्द्रीय प्रतिनिधि समितिकाे बैठकमा नेकपा महासचिव विप्लव सीद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित भएकाे छ ।
केन्द्रीय प्रतिनिधि समितिकाे छैठौं पूर्ण बैठकमा महासचिव विप्लव सीद्वारा प्रस्तुत `साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध दृढतापुर्वक मोर्चा खडा गरौं, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं´ शीर्षकको दस्तावेज सर्वसम्मत रूपमा पारित भएकाे हाे ।
कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालय जारी बैठकमा महासचिवद्वारा प्रस्तुत प्रतिवेदनमाथि १४ वटा समूहमा छलफल भएकाे थियाे । छलफलमा उठेका प्रश्न र जिज्ञासाकाे जवाफसहित विप्लवले प्रस्ट पारेपछि दस्तावेज सर्वसम्मत पारित भएकाे थियाे ।

बैठकमा महासचिव विप्लवले पेश गरेकाे १७ पृष्ठ लामाे प्रतिवेदनमाथि पूर्वी लम्बिनीबाट विरेन्द्र सी, गण्डकीबाट काजी सी, पूर्वबाट हुकुम सी, जवस माेर्चाबाट विश्लेषण सी, बागमतीबाट श्रीजन सी, विशेषबाट कान्छाराम सी, मधेसबाट रामनारायण सी, जातिय/क्षेत्रिय माेर्चाबाट इन्द्र सी, कर्णालीबाट भीमसेन सी, सुदूरपश्चिमबाट बिनाेद सी, उपत्यकाबाट ललित सी, केन्द्रीय कार्यालयबाट विक्रम सी र विभागबाट जयन्त सीले समूहगत धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार