आज विप्लव तुलसीपुर आउँदै,कार्यकर्तालाई प्रशिक्षण दिने

डेली न्युजराप्ती       १५ मंसिर २०८२ १०:४७ मा प्रकाशित     658 No Comments

हेमन्तप्रकाश वली ।
मंसिर १४,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) दाङको तुलसीपुर आउने कार्यक्रम तय भएको छ।
आज आइतबार दाङको तुलसीपुर स्थित तुलसीपुर उधोग वाणिज्य संघको सभाहलमा आयोजित जिल्ला स्तरीय नेताकार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न विप्लव दाङ आउन लागेको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिनुभयो ।

विप्लवले जेन-जी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रम , पार्टीको आगामि योजना लगाएतका विषयमा नेताकार्यकर्तालाइ प्रशिक्षण दिनुहुने भएको छ ।

प्रशिक्षण कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार