माेहन वैद्य (किरण)को पार्टीमा लुम्बिनीमा पनि भाडभैलाे

डेली न्युजराप्ती       १८ बैशाख २०८१ ०९:०३ मा प्रकाशित     246 No Comments

दाङ : माेहन वैद्य (किरण)ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर प्रदेश संगठन समितिमा पनि भाडभैले देखिएको छ । उक्त प्रदेशमा लिखित रुपमै आठ बुँदा पेश गर्दै पुर्ण बैठकको माग गरिएको छ । पुर्ण बैठककाे माग गर्दै प्रदेश समिति सदस्य तथा पाल्पा संयाेजक मुक्ति गैरेकाे नेतृत्वमा ३२ जना प्रदेश समिति सदस्यहरुले हस्ताक्षर नै निवेदन पेश गरेका छन् । निवेदनमा पार्टीमा स्वेच्छाचारी निर्यण हुने गरेको, कमिटी प्रणाली मिचिएकाे, विद्यार्थी र पार्टीविच अन्तरविरोध देखा परेको, जनवादि केन्द्रीयताकाे रटान लगाएपनि व्यवहारत नदेखिएको, उत्पादन र आर्थिक सम्बन्ध स्पष्ट नहुने गरेको, कार्यक्रमहरु कार्यवन्यन हुन नसकेकाे र अघिल्लो एउटा बैठककाे बिधि नै नपुर्याई चाेर बाटोबाट निर्णय गरिएकोले ठूलो विवाद भएको नेतृत्वले लिखित आत्मालाेचना पठाए पनि फेरि उस्तै कार्यतिर उन्मुख भएको लगायतका बिषयहरु उल्लेख गरेका छन् ।

यस्तो छ पेश गरेको निवेदन:-

“(ख) पार्टीको बैठकमा भाग लिन, बैठकमा प्रस्ताव राख्न, छलफल गर्न र मतदानमा भाग लिन सक्नेछन् । (घ) पार्टीको कुनै निर्णय वा नीती संग असहमति भएमा, पार्टीमा आफ्ना मत रिजर्भेसन राख्ने र माथिल्लो तहमा रहेका पार्टी संगठन र केन्द्रीय समितिमा समेत आफ्नो विचार राख्न सक्नेछन् । (पेज नं. ३ धारा ६ पार्टी सदस्य र उम्मेदवार सदस्यहरुको अधिकार, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, अन्तरिम विधान, २०८० वैशाख, संयुक्त अधिवेशनबाट पारित।)

व्यवहारले दर्शनलाई चुम्नेछ, दर्शनले सिद्धान्तलाई चुम्नेछ, सिद्धान्तले कार्यदिशालाई चुम्नेछ, कार्यदिशाले संगठनलाई चुम्नेछ, संगगनले विजयलाई चुम्नेछ, विजयले हामीलाई फेरि नयाँ व्यवहारमा पुनः फर्काउछ । लेनिनवादि संगठनात्मक पद्धति र जनवादी केन्द्रीयतामा विश्वास राखेर देश र जनताहरुको निमित्त क्रान्ति गर्ने उदेश्यमा केन्द्रित रहेको हाम्रो पार्टीमा केही समस्याहरु उत्पन्न भएको महसुस गरेका छौ। तसर्थ पार्टीले सुम्पिएका अभिभारा र संगठनको विधानमा टेकेर तपसिलका समस्याहरुका बारेमा छलफल मार्फत समाधान निकाल्नका निमित्त तपसिलका प्रदेश संगठन समितिका सदस्यहरुको सरसल्लाह बमोजिम पूर्ण बैठकको माग गर्दै यो निवेदन पेश गर्दछौं ।

१) जनवाद एउटा स्वतन्त्रता हो, स्वतन्त्रता प्राप्तिको माध्यम मार्फत निर्वाध रुपमा आफ्ना विचारहरु बैठकमा राख्न पाउनु कम्युनिस्ट संगठित सदस्यहरुको अधिकार हो। प्रायः कम्युनिस्ट क्रान्तिकारीहरुले यो जनवादलाई स्वतन्त्रताका रुपमा लागू गर्ने गरेका छन् । तर जनवादको लागु विश्वमा कम्युनिस्ट क्रान्तिकारी पार्टीको जन्म भए यता चिनमा जापानीज साम्राज्यवादलाई अन्त्य गर्न र चिनलाई मुक्त गर्न यो सामरिक कार्यदिशा कै रुपमा नयाँ जनवादी कार्यक्रम नै निर्माण गरि लागु गरेको देखिन्छ। यो जनवादी कार्यक्रमले चिनलाई मुक्त गयों र सर्वहारा अधिनायकवादी राज्यसत्ता स्थापना भयो। केन्द्रीयता एउटा विचारले लैस भएर जन्मिएको संगठनलाई चलाउन, संगठनको कार्यक्रमलाई लागु गर्न र अनुशासनमा राख्नका निमित्त कम्युनिस्ट क्रान्तिकारी पार्टीहरुले प्रयोग गर्ने नीतीका रुपमा लिन सकिन्छ तर हाम्रो प्रदेश संगठन समितिमा पार्टी एकता भए यता नत जनवादको प्रयोग भएको छ नत केन्द्रीयता लागु भएको छ त्यसको परिणामःत आज हाम्रो प्रदेशमा स्वेच्छाचारी निर्णयहरु भएको देख्न र भोग्न सकिन्छ । स्वेच्छाचारी निर्णयहरुले कित फासिष्टको जन्म दिन्छ कित अराजकता र अस्थिरता पैदा गर्दछ ।

२) पार्टी क्रान्तिको बाटोमा हिड्‌ने भए पार्टी तत्काल समयमै महाधिवेशन, जिल्ला अधिवेशनहरुको आयोजना गरि पहिलो दर्शन, दोस्रो सिद्धान्त, तेस्रो कार्यदिशा, चौथी संगठनका बारेमा अन्तरिम राजनीतिक मस्यौदा पेश गरि उच्च जनवादको माध्यमद्वारा निर्माण गरी स्पष्ट हुनुपर्ने थियो तर अहिलेसम्म त्यसो हुन सकेको छैन्, जसले गर्दा संगठनहरु गतिशील हुन सकेका छैन्, कार्यक्रमहरु कार्यवन्यन हुन सकेका छैन्, भएका समस्याहरु समाधान हुनुको साटो झन् समस्याहरु बढेर अगाडि आईरहेका छन् ।

३) क्रान्ति गर्ने पार्टीको मुख्य मेरुदण्ड भनेको पुरानो अन्यायी राज्यसत्ता पूँजीवाद दलाल नवऔपनिवेसिक संसदीय व्यवस्था विरुद्धको संघर्ष हो।, केन्द्रीय पार्टीले ठोस गरेका, प्रदेश कार्यलय र सचिवालयका बैठकहरु आफैले निर्णय गरेका प्रदेश स्तरीय र जिल्लाहरुमा निर्देशित संघर्षहरु हुन सकेका छैनन् ।

४) उत्पादन र अर्थ सम्बन्धका आधारमा पनि वर्गसघर्ष पेचिलो हुने गर्दछ। क्रान्तिको विजयको निर्धारण पनि यसैले गर्दछ । यसका निमित्त हाम्रो पार्टीले उत्पादन र अर्थ सम्बन्ध सामुहिक, पारदर्शी र चेनअफ कमान्डमा आधारित रहेर चलाउनु पर्ने हुन्थ्यो तर यहां मिति २०८० वैशाखमा केन्द्रीय एकता र २०८० असारमा प्रदेश संगठनको एकता भए यता यो निवेदन पेश गरेको समय सम्म उत्पादन र अर्थ विभागको आम्दानि, खर्च र ऋणका बारेमा केन्द्रीय, प्रदेश र जिल्लाका सर्कुलर र जानकारीहरु प्राप्त हुन सकिरहेको छैन् ।

५) पुँजीवादिहरुले विचारलाई पनि विलासिता रुपमा लिन्छन्, मोजमस्तिका रुपमा लिन्छन्, मान प्रतिष्ठाका रुपमा लिन्छन् त्यसका लागि लाखौं खर्च गरिरहेका हुन्छन् त्यस्तै हाम्रो पार्टी भित्र पनि राजनीतिक विचारका चर्का चर्का भाषण, बहस, छलफल, संवाद, अन्तरक्रिया, एनजीओ आईएनजिओ जस्ता फाउन्डेसनहरु निर्माण गरि त्यस्तै अभिव्यक्तिहरु प्रायः हुने गरेको देखिन्छ । ती पुंजीवादि आदतहरुलाई समाप्त पार्न एक पद, एक जिम्मेवारी, एक कामको ठोस गर्नु पर्दछ। पार्टी भित्र एउटै व्यक्ति तीन चारवटा संगठनको पदाधिकारीमा भएको देख्न सकिन्छ। लस्कर लागेर अतिथि हुने र भाषण गर्ने गरेको देख्न सकिन्छ ।

६) वर्गीय एवम् क्षेत्रीय उत्पिडनका विरुद्ध कम्युनिस्ट क्रान्तिकारी पार्टीहरु लड्ने गर्दछन् । जसले वर्गसंघर्षलाई विजयमा पुर्याउन जवस मोर्चा, विभागहरु, सहायक संगठनहरु निर्माण गरिन्छ। तिनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले किलाकॉटिको रुपमा बुझ्ने गर्दछ । तर हाम्रो पार्टीमा जवस मोर्चा र पार्टी विच तिव्र अन्तरविरोध देखा परिरहेको छ । समस्याहरु समाधान हुनुको साटो झन् झन् विकाराल बनेर आईरहेको छ ।

७) कम्युनिस्ट क्रान्तिकारी पार्टीमा एउटा निर्देशित बैठक हुन्छ भने एउटा एजेन्डाको बैठक हुने गर्दछ। निर्देशित बैठक वर्गसंघर्ष पेचिलो बनिरहेको अवस्थामा परिस्थितिलाई नियन्त्रणमा लिन र चलायमान गराउन रोलकल गरेर केन्द्रीयताको आधारमा मात्रै गरिन्छ भने एजेन्डाको बैठक सम्बन्धित कमिटीको अध्यक्ष, संयोजक र सचिवले एजेन्डा प्रस्तुत गरि उक्त एजेन्डाहरु माथि उच्च जनवादको आधारमा निर्णय गर्दै केन्द्रीयतालाई लागु गर्ने बाचा गर्दै गरिन्छ तर हाम्रो प्रदेश संगठन समितिको मंसिरमा सम्पन्न बैठकमा न त निर्देशित गरियो न त एजेन्डा नै पेश गरेर छलफल गरियो। चोरबाटोबाट बैठक पुस्तिकामा लेख्खी प्रस्तुतिकरण दिएर हदैसम्मको अराजकता र स्वेच्छाचारी प्रदर्शन गरियो जसले गर्दा उक्त बैठक मै ठुलो विवाद भयो उक्त कार्य विरुद्ध केन्द्रीय कार्यलय मै पुगी निवेदन गर्ने काम भयो। समाधानका निमित्त अधिकतम् प्रयत्न भएर नेतृत्वले आत्माआलोचितको सर्कुलर पठाएको नाटक त गरियो अहिले पुनः प्रदेश कार्यलय र सचिवालयको हवला दिदै फेरि पनि स्वेच्छाचारी निर्णयहरु गर्दै अराजकताहरु अघोषित रुपमा उत्पन्न गर्न खोजिएको छ ।

८) क्रान्तिका लागि पहिलो एसल्ट कार्यकारी जिम्मेवारी र भुमिका प्रमुख हुन आउछ । पार्टीको प्रदेश एकताले जिल्ला संगठन समितिहरुको एकता अधिवेशन मार्फत संयोजक र सहसंयोजक तोकिएको एक वर्ष पुग्न थाल्यो। जवस मोर्चा, सहायक संगठनहरु, विभागहरु निर्माण पनि भएको छ तर तिनिहरुको र जिल्ला संयोजक, सहसंयोजकहरुको भुमिका के ? उनको जनवाद कहाँ ? उनको आलोचना आत्माआलोचना गर्ने ठाउँ कहाँ? अहिलेसम्म कुनै टुंगो छैन्। अन्य प्रदेशका तीन चारवटा पुर्ण बैठक बसिरहदा हाम्रो प्रदेश संगठन समितिको एउटा पनि पूर्ण बैठक नबोलाईएको हुँदा हामी प्रदेश संगठन समितिको पूर्ण बैठकको जोडदार माग गर्दछौं । क्रान्तिकारी अभिवादन सहित ।

बोधार्थ

प्रदेश संगटन समितिको प्रदेश कार्यलय महाधिवेशन आयोजक समितिको केन्द्रीय कार्यलय

निवेदकहरु

१. पाल्पा

मुक्ति गैरे (दिग्दर्शन)

लिला श्रेष्ठ

सोम बहादुर साकी (विजय) 

२. नवलपरासी

गणेश बहादुर ढकाल

जय किशान जयकिशान

भोल्का नेपाल (सहमत)

३. रुपन्देही

विमा भट्टराई

४. अर्घाखाँची

नरेश्वर पाण्डे

गोविन्द खनाल (सहमत)

५. कपिलबस्तु

संघर्ष (सहमत

यात्री

रन्जित यादव

आषिश थारु

विश्वजित थारु 

६. दाङ

विश्वास

७. सल्यान

सजक

टाइगर

गिरदल

८. रोल्पा

शिशिर (सहमत)

९. रुकुम

विपना (सहमत)

गगन

मकर

१०. विद्यार्थी

दिपक

नविन

इन्दु

मनोज (सहमत)

सन्देश सापकोटा

सोमपाल

संग्राम भ्यू थापा

११. युवा

युवक”

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार