नागरिकता,परिचयपत्र, जग्गा किनबेच लगाएतका काम पालिकाबाटै प्रवाह गर्न ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       २१ पुष २०८० १३:३१ मा प्रकाशित     97 No Comments

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी दाङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार नेकपाले नागरिकता , परिचयपत्र , जग्गा किनबेच लगाएतका काम स्थानिय तहबाट प्रवाह गर्न सकिने सुविधाहरुलाई सुचारु गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो ।

नेकपा दाङले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा संघियताको पूर्ण कार्यान्वयनसहित स्थानीय तहबाट जनताहरुले पाउने सम्पूर्ण सुविधाहरुलाई सहज बनाउन माग गरिएको छ ।

नेकपा दाङले पेश गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘१० वर्षको जनयुद्ध र जनआन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ संघीय राज्यप्रणाली स्थापना गरिएको छ । यसले एक हदसम्म जनताको आकाङ्क्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभूत गर्न सकिन्छ । तर अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन । जसले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधाहरु नागरिकता, परिचय पत्र र जग्गा किनबेचका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । जुन समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको छ । यसबारे प्रधानमन्त्री ज्यूको विशेषरुपले ध्यानाकर्षण गराउन चाहन्छौं ।’

अतः हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ कि जनतालाई नागरिकता, जग्गा किनबेच परिचयपत्र जस्ता कामहरु आगामी वर्षदेखि पालिका स्तरबाट उपलब्ध गराइयोस् भन्ने मागसहित यो ज्ञापनपत्र जिल्ला प्रशासनमार्फत नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेश गर्दछौँ ।’

नेकपा दाङ जिल्ला इन्चार्ज सम्झना सी र सेक्रेटरी जनक सीको संयुक्त हस्ताक्षरित ज्ञापनपत्र बुझाउन नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका पश्चिम दाङका सचिव निर्मल सी , युवा संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष बिश्लेसन सी , युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सी लगाएतको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीसमक्ष वाचन गरेर सुनाइएको थियो । दाङ जिल्ला अधिकारीले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु जायज रहेको भन्दै यसको यथासिघ्र कार्यान्वयनको लागि प्रधानमन्त्री कार्यालयमा पेश गर्ने र आवश्यक पहल लिने प्रतिबद्धता जनाएका थिए ।

नेकपा केन्द्रीय समितिको विशेष बैठकको निर्णय अनुरुप शुक्रबार देशैभरका प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने कार्यतालिका थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार