बंगलाचुलीमा एमाले शून्य,गठबन्धन प्यानल बिजयी

डेली न्युजराप्ती       २ जेष्ठ २०७९ ०९:३५ मा प्रकाशित     278 No Comments

२-जेठ/ दाङको बंगलाचुली गाउँपालिकाको सबै वडाको मत गणना सकिएको छ । उक्त पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन प्यानल विजयी भएको हो । ८ वटा वडा रहेको बंगलाचुलीमा ४ वटा वडा नेपाली कांग्रेस र ४ वडा नेकपा माओवादी केन्द्रले जितेका छन् ।

नेकपा एमाले भने बंगलाचुलीमा क्लिन स्विप भएको छ । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका तुल्सीराम पुन (सुवास) निर्वाचित भएका छन् भने गाउँपालिका उपाध्यक्षमा कांग्रेसका तर्फबाट भक्त बहादुर जिसी निर्वाचित भएका छन् ।

गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार पुनले ५७४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३६७८ प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका उम्मेदवार जिसीले ५९४५ र एमालेका उपाध्यक्षले ३२६५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी १ नं.वडामा कांग्रेसका विष्णू कँवर, २ मा कांग्रेसकै मैते पुन, ३ मा माओवादीका शोभाकर विश्वकर्मा, ४ मा कांग्रेसका डास बहादुर डाँगी, वडा नं. ५ मा माओवादीका लिलेश मगर, ६ मा कांग्रेसका डोम बहादुर केसी, वडा नं. ७ मा माओवादीका गिर बहादुर थापा र वडा नं. ८ मा माओवादीका झविन्द्र गाहा मगर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार