नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको माल्कोटमा विशाल जनसभा गर्ने,प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने

डेली न्युजराप्ती       १९ कार्तिक २०७८ १५:४६ मा प्रकाशित     435 No Comments


कालीकोट । विप्लव नेतृत्वको नेकपा कालीकोटले माल्कोटको सेरापाटामा कार्तिक २१ गते विशाल जनसभाको आयोजना गरेको छ ।

जनसभामा सहभागी हुन सम्पूर्ण कालीकोटवासी जनतालाई नेकपाले सार्वजनिक रुपमा अपिल गरेको छ । विशाल जनसभाको आन्तरिक सम्पूर्ण तयारीको काम पुरा भएको नेकपाका जिल्ला सेक्रेटरी रणदिप ऐडिले जानकारी दिनु भयो ।

जनसभामा प्रमुख वक्ताको रुपमा नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)को सहभागिता रहनेछ । जनसभामा अन्य वक्ताहरुमा पार्टीका केन्द्रीय सदस्य एटम,जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य विराट र अर्का केन्द्रीय सदस्य वलवानको उपस्थिति रहने नेकपा कालीकोटले जनाएको छ ।

नेपालमा पूर्ण असफल भएको संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद तिर जान जनमतसंग्रहको चुनाव गर्नु पर्ने वारे जनतालाई प्रशिक्षित गरिनेछ । जनयुद्ध र एकीकृत जनक्रान्तिको आधार भूमी कालीकोट भएकाले पनि जनसभामा उल्लेखिए जनताको सहभागिता रहने अनुमान गएिको छ ।

सभामा नेकपाले चाहेको वैज्ञानिक समाजवाद वारे जनतालाई प्रष्ट्याइने छ । संसदीय व्यवस्था ठिक वा वैज्ञानिक समाजवाद कुन ठिक भन्ने विषयमा जनतामा चुनाव गर्नु पर्ने र कथित संसदीय व्यवस्था टिकाउने चुनाव गर्न नहुने नेकपाले भन्दै आएको छ ।

अघिल्लो संसदीय चुनाव नेकपाले वहिष्कारकै वेला माल्कोटमा प्रहरीले चलाएको गोली लागेर धनरुप वटालाको वलिदान भएको थियो । नेकपाले फेरी पनि कसरी चुनाव वारे सोचेको छ त ? भन्ने विषयमा पनि कालीकोटे जनतालाई आफ्नो आधिकारीक धारणा सार्वजनिक गर्नेछ ।

जनसभाको विच विचमा नेकपाको भेरी कर्णाली जनसाँस्कृतिक कलाकारहरुले रोचक क्रान्तिकारी गित संगीत पनि प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार