नेकपाको नवौं महाधिवेशनको उत्साह: दाङमा स्वागत गेट निर्माण (फोटोफिचर)

डेली न्युजराप्ती       २७ भाद्र २०७९ १२:४९ मा प्रकाशित     1341 No Comments


हेमन्त प्रकाश वली।
भदौ २७,दाङ। नेपाल कम्युनिस्ट पार्टीको आसन्न नवौं महाधिवेशनको प्रचारप्रसारले देशैभरीका श्रमजीवी,क्रान्तिकारी,कम्युनिस्ट नेता-कार्यकर्ता तथा आम जनसमुदायमा उत्साह एवम उमंगको बाताबरण बनेको छ।
पार्टीको असोज १-८ सम्म काठमाडौमा हुन गइरहेको ऐतिहासिक नवौं राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सफल पार्न दाङ लगाएत देशभर प्रचारप्रसारका कार्यलाई तिब्रता दिइएको नेकपाले जनाएको छ।

नेकपा दाङले आगामी असोज १-८ सम्म काठमाडौमा हुन गइरहेको पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भव्यताका साथ सफल पार्न जिल्लामा प्रचारप्रसार कार्यलाइ घनिभुत ढंगले अगाडि बढाइरहेको छ। पार्टीले जिल्लाभरी भित्तेलेखन,पोस्टरिङ लगाएत महाधिवेशन केन्द्रित प्रचारप्रसार कार्यलाइ तिब्रता दिदै अन्तिम चरणमा पुगेको जनाएको छ। यस्तै पार्टीले जिल्लाको भालुबाङमा महाधिवेशनमा सहभागी हुनुहुने अतिथि,प्रतिनिधि,पर्यवेक्षक लगाएत सम्पुर्ण महानुभावहरुलाइ स्वागतका लागि स्वागत द्वार समेत निर्माण गरेको छ। पार्टीले जिल्लामा सेल कमिटी, वडा कमिटी, गाउँकमिटि, उपमहानगरपालिका कमिटी स्तरीय भेला/सम्मेलनहरु सम्पन्न गर्दै भर्खरै भदौ १९ र २० गते दुइदिन लगाएर घोराहीमा नवौं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी दाङले उत्साहका साथ नवौं महाधिवेशनलाई उत्सवको रुपमा अगाडि बढाइरहेको नेकपा दाङका सेक्रेटरी प्रदिप वलीले डेलिन्युजराप्तीलाई बताउनुभएको छ।

ऐतिहासिक ९औं महाधिवेशनलाई भव्यरुपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !! भन्ने मुल नाराकासाथ हुनगईरहेको ९औं महाधिवेशन ऐतिहासिक र वर्तमान परिस्थितिको राम्रो संश्लेषण सहित आएकोले आगामी कार्यदिशा, नीति कार्यक्रम र नेतृत्वले वैज्ञानिक समाजवाद साम्यवादको लक्ष्य उन्मुख हुने दावी गरिएको जनाइएको छ।

नेकपाको महाधिवेशन सम्पन्न गर्न टोल, वडा, गाउँ नगर र जिल्ला सम्मेलन भेलाहरु धमाधम भईरहेका छन् । नेपालभरीवाट निर्वाचित भईरहेका प्रतिनिधि प्रवेक्षकहरुले महाधिवेशन तयारी अझ वढि आकर्शित देखिन्छ । वाटो, प्रतिक्षालय सार्वजनिक स्थानहरुमा नेकपाको महाधिवेशन नाराहरुले रङ्गिएका छन् । पोष्टर भित्तेलेखनका तयारीहरुले महाधिवेशन अन्तिम चरणमा पुगेको संकेत गर्दछ ।

नेकपा दाङद्वारा ऐतिहासिक नवौं महाधिवेशनमा पाल्नुहुने अतिथि,प्रतिनिधि,पर्यवेक्षक लगाएत सम्पुर्ण महानुभावहरुलाइ स्वागतका लागि निर्मित स्वागत द्वार,फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार