अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्षमा दाङका प्रकाश शाही

डेली न्युजराप्ती       ९ आश्विन २०७८ २१:४५ मा प्रकाशित     684 No Comments


पोखरा। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। चार दिनसम्म पोखरामा चलेको सम्मेलनले १०५ सदस्यीय केन्द्रीय समिती चयन गरेको स्रोतले जनाएको छ । सम्मेलनले प्रकाश शाहिलाई अध्यक्ष र महासचिवमा मिलन राइलाई चयन गरेको छ । जसको उपाध्यक्षमा नरेन्द्र बिक, सचीव बिरेन्द्र शाह र कोषाध्यक्ष रुपा बुढा मगरलाई चयन गरेको छ।

नेकपाका महासचिव विप्लवद्धारा पोखराको चिप्लेढुङ्गामा उद्घाटन भएको सम्मेलन चार दिनदेखि पोखराको लेकसाइडमा बन्दसत्र चलेको थियो । अखिल क्रान्तिकारीको सम्मेलन उद्धघाटन गर्न नेकपाका सचिवालयका नेताहरु प्रकाण्ड,सुदर्शन, कंचन र विषम लगाएत केन्द्रिय नेताहरु पुगेका थिए । बन्दसत्र अवधीभर नेकपाका प्रवक्ता प्रकाण्डको उपस्थिती रहेको थियो ।

झन्डै साढे तिन वर्ष अगाडि दाङमा संगठनले २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार