असोज १६ , तुलसीपुर । नेकपा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम दाङ जिल्ला समितिको दोस्रो बैठक सम्पन्न भएको छ ।
मङगलबार तुलसीपुरमा सम्पन्न संगठनको बैठकले पछिल्लो समय दाङ लगाएत देशभर महिलामाथी भइरहेका बिबिध खाले हिंसा विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बैठकले महिला उत्पिडन विरुद्ध संघर्ष गर्ने , मिटरव्याज लघुवित्त पिडित महिलाहरुको पक्षमा संघर्ष गर्ने , जिल्लामा सबै तहका कमिटीका भेला/सम्मेलन गर्ने , महिला संगठनबिचमा समाजवादी मोर्चा बनाउने , महिला हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम गर्ने , उत्पादन कार्यलाइ जिल्लामा घनिभुत ढंगले अगाडि बढाउने लगाएतका निर्णय गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यमा बसेको बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका पश्चिम दाङका सचिव निर्मल सी , पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , अनेमसङ्घ क्रान्तिकारीकि केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज रेखा सीको आतिथ्य रहेको थियो ।
बैठकको अध्यक्षता तथा संचालन संगठनकि केन्द्रीय सदस्य एवम पश्चिम दाङ जिल्ला कमिटी अध्यक्ष प्रकृति सीले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.