विप्लव नेकपा पुर्वी दाङले लियो जनयुद्धका शालिक तोडफोड पुनर्निर्माणको पहल !

डेली न्युजराप्ती       २२ माघ २०७९ २१:१६ मा प्रकाशित     1017 No Comments

हेमन्त प्रकाश ओली । माघ २२ / दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पुर्वी दाङले दाङको झिंगौरा पार्कमा तोडफोड गरिएका शालिक पुनर्निर्माणको पहलकदमी लिएको छ ।
१० वर्षको महान जनयुद्धमा सहादत प्राप्त गर्नुभएका घोराही झिंगौराका वीर शहिदहरु क.पृथ्वी चौधरी , ओम भक्त चौधरी (विजय) र क.लौटन चौधरीको शालिक माघ २० गते शुक्रवार अज्ञात समुहद्वारा तोडफोड गरिएपछि नेकपाले शालिक पुनर्निर्माणको पहलकदमि लिएको हो ।

आज आइतबार नेकपाले लुम्बिनी प्रदेश सभा सदस्य धन बहादुर मास्के (राजेश) , निवर्तमान वडा अध्यक्ष शक्तिराम डागी , नेकपा पुर्बी दाङ जिल्ला इनचार्ज सम्झना सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , जिल्ला प्रहरी प्रमुख सहितको टोलिले सहिदहरुको सालिक तोडफोड स्थल अनुगमन समेत गरेको छ ।

यता आजै नेकपा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झाना सी , सेक्रेटरी जनक सीले जिल्ला प्रशासन प्रमुख समक्षपनि सालिक तोडफोड घटना गम्भीर र अपराधीक भएकोले अनुसन्धान तीब्र बनाउन ध्यानाकर्षण गराउनु भएको छ । सहिद परिवारको भावनात्मक बिषय सामाजिक संरचना निर्माण रक्षाको  दायित्व सबैको भएकाले तुरुन्तै सहिदको सालिक निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने कुरामा जोड दिइएको थियो ।

यस्तै पुर्व सालिक निर्माण समितिका अध्यक्ष सहदेव थारुको नेतृत्वमा ९ सदस्यीय शालिक पुनर्निर्माण समिती गठन गरिएको नेकपाकि केन्द्रीय सदस्य तथा नेकपा पुर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सीले डेलिन्युजराप्तीलाई जानकारी दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार