काठमाडौ / अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )का उपाध्यक्ष नरेन्द्र सीले क्याम्पस , बिश्व विद्यालयहरुको शैक्षिक बाताबरण सुधार गर्न, शिक्षामा गुणस्तर सुधार गर्न र बिश्व बिश्व विद्यालयहरुलाई ज्ञान उत्पादनको केन्द्र बनाउन सबै विद्यार्थी संघ / सङ्गठनहरुसङ्ग हातेमालो गरेर काम गर्ने बताएका छन।
बुधबार काठमाडौ बागबजार स्थित पद्मकन्या क्याम्प इकाई कमिटीद्वारा आयोजित साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्यार्थी नेता नरेन्द्रले यस्तो बताएका हुन।
आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको पुर्वसन्ध्यामा आयोजित कार्यक्रममा मन्तव्य राख्दै बिश्वमा १२ सय बर्ष पहिले देखी नै बिश्व बिधालय खुलेका भए पनि नेपालमा धेरै पछि मात्र बिश्व विद्यालयहरु खुले,त्यसैक्रममा उच्च शिक्षामा महिलाहरुको पहुँचका लागि पध्मकन्या क्याम्प खुलेको थियो।यसले समग्र शिक्षा आन्दोलनमा निकै महत्त्वपूर्ण योगदान गरेको छ।यो खुशीको कुरा भएको बताए।
क्याम्पस इकाई कमिटी अध्यक्ष प्रजीना सीको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रतिमा सीले सञ्चालन गरे कि थिइन भने कार्यक्रममा सामना कलाकार लगाएत स्थानीय कलाकारहरुले आ आफ्नो नृत्य सहित कला प्रस्तुत गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.