तुलसीपुरमा मतपेटिकालाई कडा सुरक्षा पहरा,भित्री घेरामा जनपथ र सशस्त्र,बाहिरी घेरामा सेना

डेली न्युजराप्ती       ३ जेष्ठ २०७९ ०७:५९ मा प्रकाशित     286 No Comments


तुलसीपुर, २ जेठ । तुलसीपुरमा मटपेटीकलाई कडा सुरक्षा पहराका बीच राखिएको छ । बैशाख ३० गते तुलसीपुर उपमहानगरपालिकाको १८ वटा वडामा निर्वाचन सम्पन्न भएपछि स्थानिय तहको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा मतपेटिका राखिएको छ ।

मतपेटिकलाई प्रमुख राजनीतिक दलका प्रतिनिधिले राती र दिउँसोमा सुरक्षा पहरा दिने गरेका छन् भने भित्री घेरामा जनपथ प्रहरी र सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा २ सय ९ वटा मतपेटिका राखीएको छ । मत पेटिका राखिएको कोठालाई राजनीतिक दलको रोहबरमा सिल गरेर राखिएको साहयक निर्वाचन अधिकृत ढकबहादुर रावतले बताउनुभयो ।

एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको निधन भएपछि तुलसीपुर उपमहागनरपालिका–१७ मा निर्वाचन स्थगन गरिएका कारण अन्य वडामा निर्वाचन सम्पन्न भएपनि मतगणना रोकिएको हो ।

१७ नम्बर वडामा जेठ ३ गते मंगलबार निर्वाचन हुँदै छ । १७ नम्बर वडामा निर्वाचन सम्पन्न भएलगत्तै मंगबार राति देखि मतणना हुने साहयक अधिकृत रावतले बताउनुभयो । मतगणना १ नम्बर वडाबाट सुरु गरिने छ । मतगणनालाई छिटो छरितो रुपमा सम्पन्न गर्न एकै पटक तीन वडाको मतगणना गरिने साहयक निर्वाचन अधिकृत रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार