काठमाडौँ: प्रगतिशील तथा जनवादी गीतकार प्रेम सी र वरिष्ठ जनवादी तथा प्रगतिशील संगीतकार चिरन सीको संयुक्त प्रस्तुति ‘चुनाव’ गीत सार्वजनिक हुने भएको छ ।
यही कार्तिक २० गते आइतबार भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा दिउसो १:३० देखि ४ बजेसम्म हुने उक्त समारोह नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको प्रमुख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएका छन् ।
प्रगतिशील तथा जनवादी श्रष्टाहरुको उपस्थितिमा सार्वजनिक गर्न लागिएको उक्त “चुनाव” गीत सार्वजनिक समारोहमा जनवादी तथा प्रगतिशील श्रस्टालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।
साथै आयोजकले सम्बन्धित सबैलाई उक्त कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.