रासायनिक मलमा भएको भ्रष्टाचार नरोके विप्लवको पार्टीले जनकारबाही गर्ने चेतावनी

डेली न्युजराप्ती       २ माघ २०८१ ०८:४४ मा प्रकाशित     150 No Comments

पर्सा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीले पर्सा जिल्लामा रासायनिक मलमा कृषि सामाग्रीको कर्मचारीले कमिशनको खेलमा भ्रष्टाचार गरेको भन्दै उक्त भ्रष्टाचार नरोकिए जनकारबाही गरिने चेतावनी दिएका छन् ।
साेमबार विरगंजमा भएको नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको बैठकमा सम्बाेधन गर्दै उनले मलको भ्रष्टाचारबाट आम किसानहरु मार्कामा परी पीडित भएको भएको भन्दै उक्त भ्रष्टाचार नरोकिए जनकारबाही गरिने चेतावनी दिएका हुन् ।

नेपाली श्रमिक जनता, मजदुर, किसान, मध्यम वर्गमाथि दलाल संसदीय व्यवस्थाको ऐंजेरु पुँजीवादले नेपाली श्रमिक जनताको जनजीविका र शिक्षा, स्वास्थ्यसमेत संकटमा रहेकाले त्यसबाट मुक्त हुन मधेशका श्रमिक जनता नेपाली विशेषताकाे समाजवादी व्यवस्था मात्र विकल्प रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको बैठक विरगंजमा पार्टी सिसिएम तथा पर्सा जिल्ला सेक्रेटरी फिरोज सीको अध्यक्षता, पार्टी स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यता, पार्टी पिबिएम तथा पर्सा जिल्ला इन्चार्ज देवनारायण सीको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार